काठमाडौं, १९ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको आग्रहमा उत्तर प्रदेश संसदका सभामुख माताप्रसाद पाण्डेले रुपैडिहवा–बहराइच सडक मर्मत सम्भार गरेको जनाइएको छ ।
नेता खड्काद्वारा आफ्नै लेटरप्याडमा पठाइएको पत्रअनुसार पाण्डेले सो सडक मर्मत सम्भार गरेको उल्लेख छ ।
मध्य र सुदूरपश्चिमका जिल्लाहरूबाट रुपैडिहवा–बहराइँच सडक हुँदै भारतको विभिन्न स्थानमा नेपालीहरू जाने क्रममा सडकका कारण समस्या भएपछ खड्काले सो सडक मर्मतका लागि उत्तर प्रदेश सरकारसँग पटक पटक आग्रह गर्दै आउनुभएको थियो ।
कांग्रेस नेता खड्काको आग्रहमा रुपैडिहवा–बहराइँच सडक मर्मत भएपछि सो सडक हुँदै लखनउसम्म उपचारका लागि पुग्ने नेपालीहरूलाई सहज भएको खड्काको निजी सचिवालयले जनाएको छ ।













प्रतिक्रिया