धादिङ, १९ असार । असार १६ गतेदेखि परेको अविरल वर्षाको कारण रि गाविस–९ चेप्राङ गाउँका पहिरोको जोखिममा रहेका व्यक्तिहरुलाई प्रहरीले उद्धार गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार इलाका प्रहरी कार्यालय दार्खाबाट प्रहरी टोली त्यसतर्फ प्रस्थान गरेकोमा प्रहरी हवल्दार रुद्र बहादुर कुमाल र प्रहरी जवान सन्दिप कुमालले पहिरो पिडित भएको स्थानमा पुगी पहिरोको जोखिममा परेका पुरुष ४, महिला ५, बालक ३ र बालिका २ गरी १४ जनालाई उद्धार गरी रि. गाविसको वडा नं. ७ स्थित सामुदायिक भवनमा सुरक्षित राखिएकोमा पुनः त्यसठाउँबाट रि गाविस–१ तावेल भन्ने स्थानमा राखिएको छ ।
उक्त स्थानमा उद्धार गर्न बाँकी रहेका ७ जना मध्ये नेपाली सेनाको हेलिकप्टरद्धारा ४ जनालाई धादिङ निलकण्ठ नगरपालिका–३ मा ल्याइएको र ३ जनालाई रि गाविस–१ स्थित तावेलमा ल्याई राखिएको छ ।













प्रतिक्रिया