१९ कार्तिक २०८३, बिहिबार

मुम्बईमा एक नेपालीको मृत्यु, कम्पनीसँग क्षतिपूर्ति माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mumbai_city

– शेरबहादुर थापा

मुम्बई, १९ असार । विगत लामो समयदेखि विल्डिगंमा वाचमेनको काम गर्दै आएका एक नेपालीको चारतले भवनको छतबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिगौंडी गाविस–९, कुजेडा दैलेखका ४८ बर्षीय चन्द्र विक रहेको दैलेखी एकता समाजका सदस्य दिपक सिजापतीले बताए । उनी शाह गाउँ, मानपाडा रोडमा अवस्थित बालाजी रविकृष्ण अपार्टमेन्टको छतमा रहेको पानी ट्याकीं सफा गर्ने क्रममा शनिबार विहान ११ बजे पानीको वाल्टी सहित चारमालाबाट भुइमा पछारिएका थिए ।

तत्कालै उनलाई कल्याणस्थित एक हस्पिटलमा उपचारार्थ भर्ना गरिएको थियो तर, डाक्टरहरुले मृत घोषित गरे । उता उनका आफन्तहरु र आफूहरु मिलेर उक्त विल्डिगंको निर्मातासँग राहत तथा क्षतिपूर्तिका लागि पहल गरिरहेको दैलेखी एकता समाज भारतका डोविवली उपसमिति अध्यक्ष नमराज सिजापतिले बताए ।

उनका अनुसार मृतक विगत केहि वर्षदेखि उक्त ठाँउमा चारछोरा, दुई बुहारी र श्रीमतीसहित बस्दै आइरहेका थिए । उनको आजै डोविवली स्थित श्मशान भुमिमा अन्तिम दाहसंस्कार समेत गरिएको छ ।

त्यहाँ उल्लेख्य रुपमा मृतकका आफन्त, स्थानीय समाजसेविहरुको सहभागिता रहेको थियो ।