१९ कार्तिक २०८३, बिहिबार

काठमाडौंमा खुकुरी हानाहान, दुई जना पक्राउ

8.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khukuri-attackकाठमाडौं, १९ असार । राजधानीमा शनिबार खुकुरी हानाहान भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार खुकुरी प्रहार गर्ने बौद्ध–६ रामहिटी बस्ने १६ वर्षीय सावन थापा मगर र सोही ठाउँ बस्ने २७ वर्षीय अर्जुन तामाङ्लाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले शनिबार सोही ठाउँ बस्ने २६ वर्षीय समयन गुरुङ र २० वर्षीय उदयनाथ छिरिङ्लाई खुकुरी प्रहार गरी घाइते बनाएकोले छिरिङलाई शिक्षण अस्पताल महाराजगंज र गुरुङलाई कपन अस्पताल लगिएकोमा उपचार पश्चात गुरुङ घर फिर्ता भएका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।