१९ कार्तिक २०८३, बिहिबार

सात वर्षदेखि फरार दोषी घरबाटै पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau

राजविराज, १९ असार । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालत काठमाडौंबाट कैद पाएर सात वर्षदेखि फरार डाढा–८ का नथुनीप्रसाद यादवलाई प्रहरीले आज पक्राउ गरेको छ ।

सप्तरी डाढा–८ का ६० वर्षीय यादवलाई गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

यादवविरुद्ध विसं २०६६ भदौ ८ गते अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्म कैदको फैसला गरेको थियो । उनलाई राजविराजस्थित कारागार पठाइएको छ । रासस