१९ कार्तिक २०८३, बिहिबार

रिघाको सर्केढुङ्गामा घरगोठ पुरियो, ६ घर विस्थापित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

School– कमल पौडेल

बागलुङ, १९ असार । लगातार परेको अविरल वर्षाका कारण माथिबाट पहिरो खस्दा बागलुङको रिघा– १ सर्केढुङ्गामा यमबहादुर पुनको घरगोठ शनिबार पुरिएको छ ।

सोहि स्थानका अन्य पाँच घर उच्च जोखिममा रहेको प्रहरी चौकी खर्वाङले जानकारी दिएको छ । रिघा गाविसको वार्ड नं. १ र २ को सिमानामा रहेको सर्केढुङ्गा बस्ती नै माथिवाट आएको पहिरोले पुरिन सक्ने भन्दै प्रहरीले अधिल्लो हप्ता स्थानीयलाई छिमेकीको घरमा सारेकोले मानवीय क्षति नभएको बताइएको छ ।

रिघा सिसाखानी मोटरवाटो खन्ने क्रममा थुप्रियको माटोको कारण पहिरो गएको स्थानीयले बताएका छन् । पहिरोबाट यमबहादुरको १५ वटा माहुरीका घार पनि पुरिएका छन् ।

पहिरो खस्न सक्ने भन्दै प्रहरीले छ वटा घरका स्थानीयलाई सुरक्षित स्थानमा बस्न भनिएको प्रहरीले जनाएको छ ।