१९ कार्तिक २०८३, बिहिबार

ज्येष्ठ नागरिकलाई कम्प्युटर, मोबाइल चलाउन सिकाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

computer

काठमाडौँ, १८ असार । मुलुकमा पहिलोपटक ६० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकलाई प्राविधिक ज्ञानसहितको शिक्षा प्रदान गर्ने कार्यको थालनी गरिएको छ ।

ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था एजिङ नेपालले ज्येष्ठ नागरिकलाई लक्षित गरेर प्राविधिक ज्ञानसमेतको आधारभूत साक्षरता कार्यक्रम सुरु गरेको हो ।

साक्षरता कक्षाका लागि संयुक्त राष्ट्रसङ्घको ज्येष्ठ नागरिकका सम्बन्धमा काम गर्ने गैरसरकारी समितिले सहयोग पु¥याएको छ ।

छ महिने सो कक्षामा ६० वर्षमाथिका २५ जना ज्येष्ठ नागरिकलाई सामान्य लेखपढ्का साथै कम्प्युटर, मोबाइल, फेसबुक र टेलिभिजनको रिमोट चलाउन समेत सिकाइनेछ ।

उक्त कक्षा बूढानीलकण्ठ नगरपालिका वडा नं १२ कपनस्थित अष्टभूजा समाजको परिसरमा सञ्चालन गरिएको छ ।

कक्षामा हजुरआमाहरुको सङ्ख्या उल्लेखनीय रहेको जनाइएको छ । यस्तो कार्यक्रम नेपालसहित माली, मोजाम्बिक र टोगो गरी विश्वका चार देशमा परिक्षणका रुपमा सञ्चालनमा ल्याइएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुङ्गेलले समाजमा इतिहासका रुपमा रहेका ज्येष्ठ नागरिकलाई शिक्षा प्रदान गर्ने अभियान सुरु गरेर सो संस्थाले सरकारलाई यस क्षेत्रमा काम गर्न घचघच्याएको धारणा व्यक्त गर्नुभयो ।

आयोजक संस्था एजिङ नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ ले ज्येष्ठ नागरिकलाई शिक्षा प्रदान गर्ने विषयमा सरकारका विभिन्न निकायमा आफूले गरेको अनुरोधलाई बेवास्ता गरिएकाले विदेशीको सहयोग लिएर अभियान सुरु गरिएको जानकारी दिनुभयो ।

अष्टभूजा समाजका अध्यक्ष दीर्घबहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय ज्येष्ठ नागरिक एकाइका प्रमुख मीरा शेरचनले ज्येष्ठ नागरिकलाई प्राविधिकसहितको शिक्षा दिने विषयमा कार्यक्रम बनाएर अघि बढ्न सोच्न बाध्य तुल्याएको विचार प्रकट गर्नुभयो । रासस