पाँचथर, १८ असार । नेपाली कांग्रेसका पूर्व सभापति तथा जन आन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको ९३ औं स्मृति दिवसको अवसर पार्दै पाँचथरको फिदिम ५ मा रुद्राक्षका विरुवा रोपिएको छ ।
नेपाली कांंग्रेस फिदिम नगर समित अन्तरगत वडा नम्वर ५ को कार्य समितिले आयोजना गरेको बृक्षरोपणको शुरुवात प्रमुख अतिथिको आसनवाट जिल्ला सचिव रुपनारायण जवेगूले गरेका थिए ।
कार्यक्रममा ५० वटा रुद्राक्षका विरुवा रोपिएको छ । फिदिम ५ वडा कार्य समितिका नाममा डेकेन्द्र तामाङले उपलव्ध गराएको जग्गामा आयोजना गरिएको बृक्षरोपण गरीएको हो ।
कांग्रेसका अर्का सचिव बृजहाङ आङदेम्वे, जिल्ला सदस्य पूर्ण आङदेम्वे, पूर्ण तुम्वापो, डेकेन्द्र तामाङ, उर्मिला श्रेष्ठ, महाधिवेशन प्रतिनिधिहरु मधु जवेगू र विमल धमला पाँचथर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोविन्द ढकाल र प्रेस युनियन अध्यक्ष लक्ष्मी गौतम लगायतको सहभागिता थियो ।













प्रतिक्रिया