१९ कार्तिक २०८३, बिहिबार

ठमेलमा महिलाको बलात्कार, कीर्तिपुरबाट पक्राउ

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Thamel

काठमाडौं, १८ असार । महिला र बालिकाको बलात्कार गरेको अभियोगमा राजधानीमा दुई जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका–४ बस्ने ६ वर्षीया बालिकालाई उनकै घरमा जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने १८ वर्षीय अजित राउतलाई शुक्रबार प्रहरीले गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–२९ ठमेलमा बिहिबार एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–३ बस्ने ४५ वर्षीय घनश्याम मानन्धरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।