काठमाडौँ, १८ असार । शुक्रबार भएको सडक दुर्घटनामा मृत्यु भएका सृष्टि श्रेष्ठ र देव मल्ल ठकुरीका आफन्तले चालकलाई कारबाही तथा उचित क्षतिपूर्तिको माग गर्दै महानगरीय प्रहरी प्रशासन जावलाखेलमा आज धर्ना दिएका छन् ।
म्याग्दीका २१ वर्षीय मल्लले चलाएको मोटरसाइकललाई सानेपामा टिपरले ठक्कर दिँदा श्रेष्ठ र चालक मल्लको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतक श्रेष्ठका मामा आशिषभक्त श्रेष्ठले स्थानीय प्रहरी प्रशासनले घटनामा संलग्न चालक तथा टिपर धनीलाई पक्राउ गरी पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो ।
परिसरका प्रमुख पीताम्बर अधिकारीले घटनामा संलग्न चालकलाई पक्राउ तथा टिपरलाई नियन्त्रणमा लिइएको बताउँदै कारबाही अगााडि बढाइएको र क्षतिपूर्तिका लागि दुवै पक्षबीच वार्ता गराई पीडितलाई न्याय दिलाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दुर्घटनामा संलग्न टिपर नं नराखी चलाइएको परिसरले जनाएको छ । पाटन अस्पतालमा राखिएको शव आफन्तले अझै बुझेका छैनन् । रासस












प्रतिक्रिया