१९ कार्तिक २०८३, बिहिबार

नर्वेमा सङ्कलित सहयोग विद्याथीलाई हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Paisa-Curancy

रुकुम, १८ असार । रुकुमको चन्दननाथ प्राथमिक विद्यालयमा मुसिकोटमा १५ जना बौद्धिक अपाङ्गता (सुस्तमनस्थिति) भएका विद्यार्थी छन्, उनीहरु शिक्षाको सहज पहुँचमा छैनन् । उनीहरु जस्तै १२ जना विद्यार्थी त्रिभुवन माबि छिप्रिदह रुकुमकोटमा छन् ।

यी २७ बौद्धिक अपाङ्गता भएका विद्यार्थी आवास र शैक्षिक सामग्रीको अभावमा निकै कष्टकर जीवन धकल्न बाध्य छन् । बुधबार उनीहरुको आवासस्थलमै पुगेर रुकुमका स्थानीय विकास अधिकारीले बौद्धिक अपाङ्गता भएका ती विद्यार्थीको लागि जुटाइएको आवास व्यवस्थापन, शैक्षिक सुधारका सामग्री हस्तान्तरण गर्दैगर्दा विद्यार्थी मात्रै होइन नजिकैबाट उनीहरुको दैनिकी नियालिरहेका स्थानीयवासीको मुहारमा समेत चमक देखिन्थ्यो ।

हेल्पिङ हेण्ड्स फर नेपाल नर्वेले रुकुमका दुई विद्यालयमा शैक्षिक सामग्री, दैनिक उपयोगका सामाग्री, आवास व्यवस्थापनका सामग्री उपलब्ध गराएपछि उनीहरुको शैक्षिक तथा आवास व्यवस्थापनमा टेवा पुगेको छ । बौद्धिक क्षमता कमजोर तथा सुस्तमनस्थिति भएका विद्यार्थीलाई शैक्षिक तथा आवासीय व्यवस्थापनका लागि चाहिने सामग्री सहयोग मार्फत शिक्षाको मूलधारमा ल्याउन मद्दत गर्ने उद्देश्यका साथ उक्त सहयोग गरेको हेल्पिङ हेण्ड्स फर नेपाल नर्वेका अध्यक्ष गोरख चन्दले जानकारी दिनुभयो ।

चन्दननाथ प्रावि मुसिकोट नगरपालिका– डाग्रीचौर र त्रिभुवन मावि छिप्री दह रुकुमकोटका २७ जना विद्यार्थीलाई रु दुई लाख रकम बराबरको सामग्री उपलब्ध गराइएको अध्यक्ष चन्दले बताउनुभयो ।

दैनिक खाना, खाजा खर्चबाट केही रकम बचाएर, सामाजिक गतिविधि गरेर हेल्पिङ हेण्ड्स फर नेपाल नर्वेले नेपालमा शिक्षाको विकास र विस्तारका लागि पहल गर्ने गरेको छ । रासस