१९ कार्तिक २०८३, बिहिबार

मन्त्री र बैंकका सिइओ असारे झरीमा किन पुगे मर्चवारका किसानको खेतमा ?

8.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kishan-marchwar-rupandhi (1)

– नरेश केसी

मर्चवार, १८ असार । सधैं चिल्ला गाडीमा घुइकिने, चिसो एसी भित्र बसेर दैनिक कार्य सम्पादन गर्ने मन्त्री र बैंकका सिओ एकाएक अविरल परिरहेको असारे झरीमा मर्चवारको खेत खेतमा पुगेका छन् ।

शनिवार एकाविहानै झम झमती पानी परिरहेको थियो । किसानहरु हिलाम्यै भएर खेतीपातीमा व्यस्त थिए । त्यहि मेसोमा मर्चवारको प्रवेशद्धार गोनाहा गाविसको मंगलपुरमा सुटेड बुटेड मान्छेहरु देखिए । उनीहरु हिलाम्य सडकमा निर्धक्क हिडीरहेको थिए । कोही छाता ओढेका थिए त कोही यस्तै पानीमा भिज्दै खुसी प्रकट गर्दै हिलाम्य सडकमा मज्जाले हिडिरहेका थिए ।

शनिवारको दिन न कुनै उत्सव थियो नत कुनै महोत्सव तर पनि मान्छेहरु यसरी एकाएक खेतमा देखेपछि किसानहरु दंग परेका थिए ।

गोनाहा ४ मंगलपुरको नवनिर्मित कृषि बाटोको दायां बायां लटरम्म वर्षे तरकारी फलिरहेको थिए । छेऊमा पश्चिम तर्फ तिनाऊको दक्षिण तर्फको बहावले एक तमाशको सुसाहट पैदा गरिरहेको थियो ।

kishan-marchwar-rupandhi (2)

किसानहरु नयां मान्छेदेखेपछि के रहेछ भनेर अगाडी पछाडी गरिरहेका थिए । त्यो भीडका मुख्य व्यक्तित्व पुर्व कृर्षी तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादव गुलजारी एवं साना किसान बैंक लिमिटेडका कार्यकारी प्रमुख (सिइओ) जलन कुमार शर्मा, मुख्य प्रबन्धक कृष्ण प्रसाद लामिछानेले असारे झरीको वास्तै नगरी हिलाम्य सडकमा गडेका खुट्टालाई जवरजस्ती तान्दै किसानहरुसंग मित्रता देखाएको दृश्य रमाइलो थियो ।

बैंकका सिओ र पुर्व मन्त्री एवं निर्वाचित सभासद, पत्रकारको टोलीले एकाएक आफ्ना खेतीबारीको अवलोकन गरेकोमा किसानहरु अत्यन्तै उत्साहित देखिन्थे । यसरी असारे झरीमा किसानको खेतैमा पुगेर खुसी साट्ने अवसर जुराएको थियो साना किसान कृषी सहकारी संस्था लि. गोनाहा रुपन्देहीले ।

किसानहरुको उत्साह र हौसाला देखेर व्यवसायीक कृषीको अवलोकन पश्चात बैंकका मुख्य प्रबन्धक लामिछानेले सो संस्थालाई २ लाख ५० हजार थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सहकारी

kishan-marchwar-rupandhi (3)

जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा अवस्थित साना किसान कृषि सहकारी संस्था लि.ले यहाँका किसानको दैनिकी परिवर्तन गरेको छ ।

केही समय अगाडिसम्म दिनहुँजसो अरुको खेतबारीमा काम गर्न व्यस्त रहने यहाँका किसानहरु अहिले सहकारीका कारण खेतबारीको काममा व्यस्त छन् । वर्षायामसँगै यहाँका किसानलाई विभिन्न किसिमका विउविजन रोप्न व्यस्त छन् ।

आर्थिक हिसाबले मात्र नभई सामाजिक, शैक्षिक रुपले पनि जिल्लाकै विकट क्षेत्र मानिने यो क्षेत्रका किसानहरुको जीवन शैली यतिबेला कृषि सहकारीले गर्दा परिवर्तन गर्दिएको छ ।

वि.सं. २०५४ सालमा संस्थागत बिकाश कार्यक्रम अन्तर्गत स्थिापित कृषि बिकाश बैक साना किसान बिकाश अयोजना अन्र्तगत स्थिापित भएको थियो । त्यसपछि २०६० माघ ११ गते डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता भई कारोबार संचालन सुरु गरेको सहकारी हाल साना किसान विकास बैंक तथा डिभिजन सहकारी कार्यालय, भैरहवाबाट संचालन भइरहेको छ ।

सुरुसुरुका दिनहरुको अशिक्षाका कारण यहाँका किसानहरुलाई एकताबद्ध गर्न निकै गाह्रो भए तापनि हाल आएर सहकारीले यहाँका किसानहरुलाई एकठाउँमा ल्याउन सफल भएको छ । सहकारीकै कारण अहिले एउटा किसान मासिक कम्तिमा पाँच लाख भन्दा बढीको आम्दानी गर्ने गरेको सहकारीका संस्थापक अध्यक्ष ओमप्रकाश यादव (गुल्जारी) बताउँछन् ।
सहकारीले अहिले किसानहरुलाई ९ देखि १५ प्रतिशतका दरले ऋण उपलब्ध गराउने गरेको छ । स्थानीयस्तरमा बैंकको अभाव झेल्दै आएका यहाँका किसानहरुलाई सहकारी स्थापना भएपश्चात् शुलभ रुपमा ऋण पाएपछि कृषि कार्यमा लाग्न उत्प्रेरणा जागेको स्थानीय कृषक रामरतन यदाव बताउँछन् । उनी भन्छन्, हामीलाई सहकारीले ठूलो सहयोग गरेको छ, अर्कैको काम गरेर दैनिकी चलाउने हामीलाई सहकारीले जीवन शैली नै परिवर्तन गरिदियो ।

स्थापनाका दिनहरुमा सहकारीको सदस्य बन्न तथा ऋण लिन डराउथे, त्यो समयमा अयोजना नै सफल हुन्छ कि हुदैन शंका लागिरहेको थियो अध्यक्ष यादव भन्छन् । उनका अनुसार, संस्थागत कार्यक्रम अन्र्तगत तत्कालिन अयोजना प्रमुख श्री रामनयन निषाद तथा बुवा स्वर्गीय बिश्वनाथ यादव संस्था हस्तान्तरण गराउन महत्तवपुर्ण योगदान गरेका छन् । स्वर्गिय बिश्वनाथ यादवले संस्थाको नाम १० धुर जग्गा समेत दान गरेका थिए । जुन भवनमा अहिले संस्था संचालन भइरहेको छ ।

संस्थाले बिगत २, ३ बर्षदेखी आर्थिक सुचांकहरुमा उल्लेख्निय सुधार गर्न तिर अग्रसर भएको छ । संस्थाको कार्यक्षेत्र गोनहा गा.बि.सा. सहित मर्यादपुर ,हाटीबनगाई ,तथा सक्रौनपकडी गा.बि.सा.कार्यक्षेत्र बिस्तार भएको छ भने सका्रैन पकडी बाहेक सबेै गा.बि.सा.मा कारोबार शुरु भइसकेको छ भने सक्रौन पकडी गा.बि.सा.मा श्रावण देखी कारोबार संचालन गरिने अध्यक्ष यादवले बताए ।

सिचाईको अभावका बावजुत पनि यहाको किसानहरुअंगाली रहेका छन् । सिंचाईको पर्याप्तता भएमा कृषि उत्पादनमा मर्चवार देशकै नमूना बन्ने दावी गर्छन् सहकारीका प्रबन्धक अभयकुमार तिवारी । उनी भनन्छन्, सरकारले मर्चवारमा सिंचाई आयोजना ल्याओस्, यहाँका किसानहरुले कृषि उत्पादनमार्फत् देशलाई चिनाउनेछन् ।

संस्थाको आफनै नीजि भवन भए तापनि भवन सागुरे भएकाले काम गर्न कठिन भएकोले तथा ३ बटा गा.बि.सा मा कार्यक्षेत्र बिस्तार भएकाले समुदायिक भवन एक तल्ला सहित तालिम तथा बिभिनन कार्यक्रमहरु गर्न एउटा हल समेत बनाउर्नेे लक्ष्य रहेको संचालकहरु बताउँछन् । साधन श्रोत समयमा नै उपलब्ध भयो भने अगामी छ महिना भित्र भवन निर्माण कार्य सम्पन्न गरिने लक्ष्य रहेको छ उनीहरुको भनाई छ ।

यहाँका किसानहरु अन्य उत्पादनभन्दा तरकारी खेतीबाट नै मासिक लाखौंको आम्दानी गर्न सफल भएका छन् । पछिल्लो समय मर्चवार जिल्लामै तरकारी उत्पादनमा हब बन्दै गएको छ । त्यतिमात्र नभई केहीले बाख्रापालन, भैसी पालन ब्यावसाय सबेै बार्डहरुमा भइरहेको छ । यहाँबाट उत्पादितबस्तुहरु भैरहवा, बुटवल तथा छिमेकी मित्र राष्ट भारत सम्मा निकासी गर्ने गरेको कृषक काशीराम मल्लाह बताउँछन् । सहकारीले अहिले सम्म १० करोड ४९ लाखको कारोबार गरिरहेको छ ।