काठमाडौँ, १७ असार । वाणिज्यमन्त्री जयन्त चन्दले नेपालको विकासमा क्यानडाको ठूलो योगदान रहेको बताउनुभएको छ ।
क्यानडाको राष्ट्रिय दिवसका अवसरमा नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घले यहाँ आज आयोजना गरेको कार्यक्रममा मन्त्री चन्दले नेपाल र क्यानडा भौगोलिक रुपमा टाढा भए पनि नेपाललाई ठूलो सहयोग पुर्याएको छ भन्नुभयो ।
पूर्वमन्त्री तथा पूर्वराजदूत डा भेषबहादुर थापाले क्यानडाको विकासबाट नेपालले पाठ सिक्नुपर्ने बताउँदै नेपालको शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा क्यानडाले ठूलो सहयोग गरेको बताउनुभयो ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ्छिरिङ शेर्पाले नेपालको पर्यटन क्षेत्रमा तथा भूकम्पका समयमा क्यानडाले धादिङ, सोलुखुम्बु, रसुवा, सिन्धुपाल्चोक लगायत क्षेत्रमा ठूलो सहयोग पुर्याएको उल्लेख गर्नुभयो । सङ्घका अध्यक्ष एवम् पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले पर्यटकीय क्षेत्रको विकासका लागि सङ्घ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस













प्रतिक्रिया