काठमाडौं, १७ असार । राजधानीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दोलखा सुनाखानी–७ घर भई हाल काठमाडौं महानगरपालिका–९ राम मन्दिरस्थित डेरा गरी बस्ने ४८ वर्षीया अम्बिका विशुंखे आफ्नै कोठाको ओछ्यानमा बिहिबार मृत अबस्थामा फेला परेकी हुन् ।
यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया