१९ कार्तिक २०८३, बिहिबार

खाल्डोमा डुबेकी बालिका मृत फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, १७ असार । सप्तरीको रामपुरा मलहनिया–९ स्थित खाल्डोमा डुबेको अवस्थामा बिहीबार एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

मृत्यु हुनेमा सोही वडाकी रामसेवक यादवकी १० वर्षीया छोरी किरणकुमारी यादव रहेको प्रहरीले जनाएको छ । मृतक बालिका खेल्दाखेल्दै घरदेखि पर रहेको खाल्डोमा डुबेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृतकको शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस