१९ कार्तिक २०८३, बिहिबार

पार्टी प्यालेसको शाैचालयभित्र एक व्यक्ति मृत फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा, १७ असार । सुनसरी सदरमुकाम इनरुवा–२ स्थित एक पार्टी प्यालेसमा बिहीबार एकजनाको मृत्यु भएको छ ।

इनरुवा–२ मा रहेको माँ जानकी पार्टी प्यालेसको शौचालयमा इनरुवा–१ को सुन पसलमा काम गर्ने ४० वर्षीय जीवछ स्वर्णकारको मृत्यु भएको हो ।

शौचालयमा घोप्टो परी मृत अवस्थामा जीवछ रहेको भेटिएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । शवपरीक्षणका लागि जिल्ला अस्पताल सुनसरीमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस