१९ कार्तिक २०८३, बिहिबार

राजधानीमा पेस्तोल देखाएर धम्काउने ‘गुण्डा’ पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol

ललितपुर, १६ असार । नक्कली पेस्तोल देखाएर धम्काउँदै हिड्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर उपमहानगरपालिका–७ प्यागल घर भई हाल हरिसिद्धि बस्ने ४५ वर्षीय बिकास महर्जनलाई नक्कली पेस्तोल देखाई धम्काएको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा पुल्चोकस्थित कान्तिपुर हाईटबाट महर्जनलाई १ थान सक्कली सर्टगन सोको ४६ राउण्ड गोली र १ थान नक्कली पेस्तोल सहित प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।