बर्दिया, १६ असार । शिव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रु १२ लाख चोरीको आरोपमा तीनजनालाई कारागार चलान गरिएको छ ।
बर्दिया जिल्लाको सूर्यपटुवा–४ स्थित शिव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा १०/१२ जनाको हतियारधारी समूह आई सो संस्थाका सुरक्षा गार्ड यज्ञबहादुर थापालाई नियन्त्रणमा लिई सो संस्थाको सेफसमेत तोडफोड गरी नगद रु १२ लाख ६९ हजार ८९३ चोरी भएको थियो ।
उक्त संस्थाका व्यवस्थापक समितिका कोषाध्यक्ष २६ वर्षीय सीताराम चौधरी, अध्यक्ष ५२ वर्षीय रामबहादुर थापा र सुरक्षागार्ड ६४ वर्षीय यज्ञबहादुर थापा समेतलाई पक्राउ गरी प्रहरीले अनुसन्धान कार्यका लागि जनही रु २० लाख धरौटी माग भएकोमा सो धरौटी तिर्न नसकेपछि बुधबार बर्दिया कारागार चलान भएको प्रहरीले जनाएको छ । रासस












प्रतिक्रिया