१९ कार्तिक २०८३, बिहिबार

क्यानडाको पिआर बनाइदिने भन्दै १० लाख ठगी, एक पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau

काठमाडौं, १५ असार । क्यानडाको पिआर मिलाइदिन्छु भन्दै लाखौं ठगी गर्ने दार्चुला रिटापाटाचौर ७ घर भई पुतलिसडक बस्ने ३२ वर्षीय मदन नाथलाई प्रहरीले पक्राउ गरेको छ ।

ईन्फोहब एजुकेशन कन्सलटेन्सीमा पिआर पदमा कार्यरत मदनले दाङ लालमटिया ९ घर भएकी ३९ वर्षीया सीता सेन र ४६ वर्षीय मान बहादुर खत्रीलाई विभिन्न प्रलोभन देखाई राम्रो काममा लगाई दिने बहाना बनाई क्यानडाको पिआर मिलाइदिन्छु भनेर दुबैबाट १० लाख रुपैयाँ लिएर सम्पर्क विहिन भएका थिए ।

उनले सीताबाट ६ लाख ८० हजार रुपैयाँ र मानबहादुरबाट ३ लाख ८२ हजार लिएका थिए । मदन सम्पर्क विहिन भएपछि ठगिएको थाहा पाएर सीता र मानबहादुरले महानगरीय प्रहरी अपराध महाशाखामा निवेदन दिएका थिए ।

दुबैको निवेदनपछि अपराध महाशाखाले दार्चुलाका मदनलाई बुधबार पक्राउ गरेर आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।