
काठमाडौं, १५ असार । थरुहट थारुवान संयुक्त संघर्ष समितिले आफ्ना मागका विषयमा सरकारलाई दबाब दिन राजधानीमा धर्ना र प्रदर्शनहरू गर्ने भएको छ ।
नागरिक समाजवादी पार्टीका संयोजक समेत रहेका थारु नेता राजकुमार लेखीका अनुसार थारु आन्दोलनका मागका विषयमा दबाब दिन राजधानीमा प्रदर्शन गर्न लागिएको हो । असार १७ गते मध्यान्ह १२ बजे काठमाडौंको नयाँबानेश्वरमा धर्ना र लालटिन जुलुस गर्न लागिएको लेखीले जानकारी दिनुभयो ।
थारु बाहुल्य रहेको क्षेत्रलाई समेटेर अलग संघीय प्रदेश माग गर्दै आएका थारु आन्दोलनकारीले नवलपरासीदेखि कञ्चनपुर जिल्लालाई थारु प्रदेश बनाउन दबाब दिँदै आएका छन् ।
उता, थारु आन्दोलन र भावनाविरुद्ध लागेका गोपाल दाहित र भानुराम चौधरीलाई संयुक्त संघर्ष समितिले निष्कासन गरेको छ ।
आन्दोलनको आचार संहित विपरितका गतिविधि गर्दै आएका गोपाल र भानुरामलाई संयुक्त संघर्ष समितिले हटाइ दिएको हो ।
गोपाल दहित र भानुराम चौधरी थारु आन्दोलनका भगौडाका रुपमा परिचित रहेको एक थारु नेताले बताए ।












प्रतिक्रिया