काठमाडौँ, १५ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनरत सङ्घीय गठबन्धन नेपालले उठाएका माग वार्ता र संवादमार्फत समाधान खोज्नुपर्ने बताउनुभएको छ ।
आफ्ना माग पूरा गराउन दबाब सिर्जन गर्न गठबन्धनद्वारा सहीदमञ्च (टुँडिखेल)मा जारी रिले अनशन स्थलमा आज जानु भई जायज माग पूरा गर्न सत्तारुढ दलले तत्परता देखाउनुपर्छ भन्नुभयो ।
नेता पौडेलले गठबन्धनका माग पूरा गराउन सत्तारुढ दल गम्भीर बन्न नसकेको आरोप लगाउँदै आफ्नो पार्टीले वार्ता र संवादका मार्फत गठबन्धनका माग पूरा गराउन जोड दिएको जानकारी दिनुभयो ।
गठबन्धनले आफ्ना माग पूरा गराउन सरकारलाई दबाब दिन रिले अनशन सुरु गरेको दुई हप्ता बितिसकेको छ । रासस













प्रतिक्रिया