काठमाडौं, २९ साउन । मलेसियाको क्वालालाम्पुरमा शुरू एसिसी यु–१६ प्रिमियर क्रिकेटमा नेपालले थाइल्यान्डलाई १० विकेटले पराजित गर्दै एसिसी यु–१६ प्रिमियरमा नेपालले विजयी शुरूवात गरेको छ ।
थाइल्याण्डले नेपाललाई ४९ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य कुनै विकेट नगुमार्इ ६.१ ओभरमै भेट्टाएको हो । खेलमा नेपालका सुमित महर्जनले २५ र रबि चन्दले १६ रन बनाएका थिए ।
नेपाली स्पिनर जितेन्द्र सिंह ठकुरी एक्लैले ६ ओभरमा ३ रनमात्र खर्चेर ५ विकेट लिन सफल भए ।
नेपाललले १६ वर्ष मुनिको उमेर समूहमा अहिलेसम्म कुनै पनि उपाधि उचाल्न सकेको छैन । तर, यसअघि नेपाल दुईपटक उपविजेता भने बनेको थियो ।
सुमित मर्हजनको कप्तानीमा रहेको नेपाली टोलीमा प्रजीत थापा, सुसान्तसिंह थापा, पवन सरफी, रोशन अधिकारी, रिजन ढकाल, विजय चौधरी, आशिष पोखरेल, रवि चन्द, जीतेन्द्रसिंह ठकुरी, रवीकुमार शाह, रवीन्द्र शाही र अनिल खरेल छन् ।














प्रतिक्रिया