२० कार्तिक २०८३, शुक्रबार

विप्लव माओवादीका दुई नेता पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biplab-1

बाबियाचौर (म्याग्दी), ३१ जेठ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको टावरमा आगजनी गरेको घटनाका विषयमा छानबिन गर्न प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका दुई जना नेतालाई नियन्त्रणमा लिएको छ ।

बेनीको जिल्ला प्रशासन कार्यालय अगाडि व्यापार गर्दै आएका जिल्लास्तरीय माओवादी नेता लालु किसान (आकाश) र पदम पुन (फिल्टर)लाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो ।

पसलमा काम गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीका अर्का नेता गोपाल शर्माले बताउनुभयो । शर्मालाई पनि आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएर केही समयको सोधपुछपछि छोडेको थियो ।

एनसेलको टावरमा आगजनी भएको घटनाको छानबिनका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताउनुभयो । बेनी नगरपालिका–४ बन्चरेडिलस्थित एनसेलको टावरमा शनिबार साँझ आगजनी भएको थियो । आगजनीबाट जेनेरेटरमा क्षति पुगेको थियो । रासस