२० कार्तिक २०८३, शुक्रबार

नेपाल-भारत सचिबस्तरीय सुरक्षा बैठक दिल्लीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-India_flag

काठमाडौं, ३१ जेठ । नेपाल भारत दुईपक्षीय परामर्श समूह (बीसीजी)को १२ औं बैठक भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ ।

दुई देशको सुरक्षाको विषयमा केन्द्रित रहेको बैठकको नेतृत्व भारतीय पक्षबाट विदेश मन्त्रालयका सचिव अभय ठाकुर र नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव प्रकाश कुमार सुबेदीलेले गरेका थिए ।

बैठकमा रक्षासँग सम्बन्धित दुबै देशका सेनाका अधिकारी, विभिन्न सरोकारवाला निर्देशनालय र विभागका प्रतिनिधिको सहभागिता थियो । बैठकमा दुवै देशको सुरक्षा सम्बन्धमा चर्चा र छलफल भएको थियो ।

आपसी सुरक्षा व्यवस्थाका लागि सुरक्षा र प्रतिक्षणको आवश्यकताका विषयमा पनि बैठकमा छलफल भएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।