२८ आश्विन २०८३, बुधबार

सुनिताको बिहे अर्को वर्ष पक्का !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunita-dulal-2

चर्चित लोकगायिका सुनिता दुलालले आफ्नो बिहेको मिति खुलाएकी छन् । अहिलेसम्म अविवाहित बसेकी सुनिताले तिजको प्रशंगमा आफ्नो बिहेबारे पनि खुलाएकी हुन् ।

उनले एक राष्ट्रिय दैनिकसँग कुरा गर्दै भनेकबी छन्, ‘एक वर्षभित्र बिहे गर्छु ।’ उनले शिवजी, तीज र व्रतको सन्दर्भ कोट्टयाउँदै गर्दा आफ्नो बिहेबारे खुलाएकी हुन्  हल्का शाकाहारी खाना खाएर तीज मनाउने गरेकी उनले घरबाट उपयुक्त वर माग्न आए विवाह गर्ने सोच रहेको सुनाउँदै भनेकी छन्, ‘आउँदो वर्ष पक्कै बिहे गर्छुु’ सुनिताले भनिन्, ‘अहिलेसम्म ब्वाइफ्रेन्ड बनाइएन। अब मागी बिहे नै गर्नुपर्ला ।’ करिअरमा असर पर्ने डरले प्रेमका लागि प्रस्ताव आउँदा पनि स्विकार्न नसकेको उनले खुलासा गरेकी छन्।

एक दशकदेखि तीजको उल्लास विदेशमै मनाउँदै आइरहेकी सुनिता तीज गीत एल्बम निकाल्न मात्रै नेपाल भित्रिएकी हुन् ।

यसपालि उनले तीजको दसौं भीसीडी एल्बम निकालेकी छन्। नाचौं सरर…। भीसीडीमा निकालेको ‘तीजको आयो लहर…, चुप्प मोइ खाउँला आमाको गालैमा… गरी दुर्इटा नयाँ गीत सुन्न सकिन्छ । तीजको आयो लहर… कुमार विवाहितले लेखेका हुन् भने सुरेश अधिकारीको संगीत छ । चुप्प मोइ खाउँलाचाहिँ महेश खडकाको रचना–संगीत हो।

यसपालिको तीजमा पनि सधैंका तीजमा जस्तै व्रत बस्ने सोचको उनको छ । प्राय विदेशमै तिज मान्नने गरेकी सुनिताले यसपालिको तीज पनि विदेशमै मनाउँदैछिन्, क्यानाडामा। अगस्ट २२ मा क्यानडाको क्यालगरीमा, २३ मा एडमन्टन, २४ मा लेथब्रिच र २५ मा अटोवामा उनी नाच्दै र नचाउँदै हुनेछिन्। दसैं र तिहारचाहिँ अमेरिकाममा मनाउने सोच गरेकी छन् ।