२८ आश्विन २०८३, बुधबार

घरजग्गा कारोबार पाँच वर्षकै उच्च

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

housing-ghar-home

काठमाडौं, २७ साउन । सिथिल रहेको घरजग्गाको कारोबार गत आर्थिक वर्षमा पाँच वर्षमै उच्च भएको छ ।

पछिल्लो पाँच वर्षको अवधिमा आर्थिक वर्ष २०७०/७१  मा कारोबार सबैभन्दा बढी हुन पुगेको हो । आव २०७०/७१ मा घरजग्गा कारोबारबाट उठ्ने रजिस्ट्रेसन दस्तुरबाट यो पुष्टि भएको हो । यस अवधिमा दस्तुर एक सय ७३ प्रतिशतले बढेको छ । ग्त आवमा घरजग्गा कारोबारबाट हुने रजिस्ट्रेसन दस्तुर सात अर्ब ८१ करोड ३६ लाख ५३ हजार रुपैयाँ उठेको अन्नपूर्ण पोस्टमा खबर छ । यो लक्ष्यभन्दा झन्डै दोब्बर -एक सय ७३ प्रतिशत) हो । यस आवमा चार अर्ब ५० करोड ५७ लाख २६ हजार रुपैयाँ रजिस्ट्रेसन दस्तुरबापत राजस्व उठाउने लक्ष्य राखिएको थियो । घरजग्गा कारोबार आर्थिक वर्ष २०६६/६७ देखि ओरालो लाग्न लागेको थियो ।

यो क्रम आव २०६७/६८ मा एकैपटक व्यापक घटेको थियो । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा कारोबारले गति लिएको विभागले जनाएको छ ।