१८ कार्तिक २०८३, बुधबार

सङ्गीतकार अम्बर गुरुङप्रति एमालेद्वारा श्रद्धाञ्जलि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-Office

काठमाडौँ, २५ जेठ । नेकपा एमालेले वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको दुःखद् निधनबाट आफ्नो पार्टी स्तब्ध र मर्माहत भएको जनाएको छ ।

पाँच दशकभन्दा लामो सङ्गीत साधनाका क्रममा गुरुङले सङ्गीतबद्ध गर्नुभएका सयौँ गीतले नेपाली सङ्गीतको बेग्लै धार निर्माण गर्न, विशिष्ट नेपाली पहिचान स्थापित गर्न तथा नेपालको साङ्गीतिक क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन अतुलनीय भूमिका खेलेको एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

‘उहाँबाट सङ्गीतबद्ध देशभक्तिपूर्ण गीतले नेपालीमा राष्ट्रिय चेतनाको अभिवृद्धि गर्न उल्लेख्य सहयोग पु¥याएको र २०६२÷६३ को परिवर्तनपछि नेपालको नयाँ राष्ट्रगानमा ओजपूर्ण र सुमधुर सङ्गीत भरेर अविष्मरणीय योगदान गर्नुभएको थियो’ विज्ञप्तिमा भनिएको छ । उहाँको निधनबाट नेपाली साङ्गीतिक क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको जनाउँदै एमालेले गुरुङ्गप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको छ । रासस