१८ कार्तिक २०८३, बुधबार

नेविसंघको महाधिवेशनका लागि दुई वटा मिति प्रस्ताव

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Student Nebisangh congressकाठमाडौं, २५ जेठ । कांग्रेस निकट नेपाल विद्यार्थी संघले आफ्नो महाधिवेशनका लागि दुई वटा मिति प्रस्ताव गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आजदेखि सुरू भएको बैठकमा अध्यक्ष रञ्जित कर्णले महाधिवेशनका लागि दुई वटा मिति प्रस्ताव गरेको प्रवक्ता यूपी लामिछानेले जानकारी दिनुभयो । प्रस्तावअनुसार असार २८, २९ र ३० वा साउन २२, २३ र २४ को मिति प्रस्ताब गरिएको छ ।

महाधिवेशनको स्थानका विषयमा भने अधिकांश विद्यार्थी नेताहरूले राजधानीमा नै गर्न प्रस्ताव गरेका छन् ।

नेविसंघको बिधानलाई सामाबेसी बनाउने विषयमा पनि छलफल भइरहेको केन्द्रीय सदस्य ऋषिकेश जंग शाहले जानकारी दिनुभयो ।

‘नेविसंघको विधानलाई समय सापेक्ष बनाइनुपर्छ’, उहाँले भन्नुभयो, ‘लामो समयदेखि हुन नसकेको महाविधेशन अब हुन्छ कि भनेर आशा जागेको छ ।’