१८ कार्तिक २०८३, बुधबार

दुई मोटरसाइकल ठोक्किएर एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

लहान, २५ जेठ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकामा गएराति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सं ५ प ५७१ नम्बरको मोटरसाइकलले अगाडि जाँदै गरेको अनटेस्ट मोटरसाइकललाई नाघेर जान खोज्दा दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी अनटेस्ट मोटरसाइकलका चालक सिरहाको गौरिपुर–८ निवासी ३५ वर्षीय सोनेलाल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका यादवलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

अर्का मोटरसाइकलका चालक लहान नगरपालिका–३ निवासी २७ वर्षीय दीपेन्द्र यादव र पछाडि बसेका सोही ठाउँका २९ वर्षीय राजदीप यादव गम्भीर घाइते भएका छन् । उनीहरुको लहानस्थित डिभाइन अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी, प्रहरीले सिरहाको इटाटारस्थित एक घरबाट गएराति १०० किलो लागुऔषध गाँजा बरामद गरेको छ ।

प्रहरी चौकी औरही र सशस्त्र प्रहरी सीमा सुरक्षा बल इटाटारबाट खटिएको संयुक्त टोलीले इटाटार गाविस– ६ स्थित लालवा पासवानको घरबाट गाँजा बरामद गरेको हो । रासस