पथरी (मोरङ), २४ जेठ । नेकपा (एमाले) मोरङ क्षेत्र नं ६ को अध्यक्षमा खेमराज तिम्सिना पुनः निर्वाचित हुनुभएको छ । गएराति सम्पन्न मतपरिणामअनुसार क्षेत्रीय अधिवेशनले दोस्रो कार्यकालका लागि तिम्सिना अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
दुई समूहबीच भएको प्रतिस्पर्धामा दामोदर तिवारीलाई एक मतले पराजित गर्दै तिम्सिना अध्यक्षमा निर्वाचित हुनुभएको नेकपा (एमाले) मोरङले जनाएको छ । कुल ८२ मतमा तिम्सिनाले ४१ र तिवारीले ३९ मत प्राप्त गर्नुभएको थियो । दुई मत बदर भएको जनाइएको छ ।
नवगठित ५१ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा शिव आचार्य, सचिवमा प्रयाग न्यौपाने र सहसचिवमा सञ्जय बरुवा निर्वाचित हुनुभएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा पार्टी केन्द्रीय समिति सदस्य एवम् कोसी अञ्चल इन्चार्ज जीवन घिमिरे, केन्द्रीय सदस्य शिवमाया तुम्बाहाम्फे, रुपनारायण श्रेष्ठ, राजेन्द्र गौतम, मोरङ अध्यक्ष महेश रेग्मीलगायतको उपस्थिति रहेको थियो । रासस












प्रतिक्रिया