महेन्द्रनगर, १४ जेठ । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले कञ्चनपुरका एक व्यक्तिको जग्गा कब्जा गरेको छ ।
अर्काको जग्गा जालसाजी गरेर आफ्नो नाममा दत्र्ता गराएर हडप्न खोजेको भन्दै भीमदत्त नगरपालिका ३ विचपुरका केशब बहादुर चन्दको १४ कट्टा साढे पन्ध धुर जग्गा कब्जा गरेको हो ।
विप्लव माओवादी कञ्चनपुरले एक विज्ञप्ति जारी गर्दै सोमबार चन्दको जग्गामा पार्टीको झण्डा गाडेको जनाएको छ ।
जारी विज्ञप्तीमा भीमदत्त नगरपालिका ३ बीचपुरी उजिर सिंह भण्डारीको नाममा विस २०३६ सालमा फिल्डबुक कायम भई हाल चलनभोग गरिरहेको साविक सिट नं.०२–१४१८–०२ ऐरी ८ (क) किता नं. २२४ को १४ कट्टा साढे १५ धुर जग्गा कब्जा गरेको छ ।
चन्दले उक्त जग्गा कागजी रुपमा अंशबण्ड गरिरहेको भन्दै माओवादी कञ्चनपुरले आफ्नो नियन्त्रणमा लिएर जनकारबाही गरेको घोषणा गरेको छ । जग्गाको विषयलाई लिएर अनैतिक कार्य गर्ने चन्द पक्षलाई कुनैपनि प्रकारको सहयोग नगर्न र खरिद बिक्रिमा संलग्न नहुन समेत माओवादीले आग्रह गरेको छ ।
विप्लव माओवादी कञ्चनपुरका सचिव अग्नीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तिमा कब्जा जग्गा कसैले चलाउन खोजे त्यसबिरुद्ध माओवादीले स्वयं आफै जिम्मेबार बन्न समेत चेतावनी दिएको छ ।
विप्लव माओवादी कञ्चनपुरका नेताहरुले दलाली प्रथाबिरुद्ध माओवादीले अभियान चलाएको बताएका छन् ।













प्रतिक्रिया