– भोबिन्द्र शाह
बाजुरा २४ जेठ । बाजुरा जिल्लामा १० गाविसका २ हजार ४ सय ६६ जना नागरिकता पाउनबाट बञ्चित रहेको बताएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाजुराले जिल्लाको दक्षिणी भेगका १० वटा गाविसमा गरेको घरधुरी सर्बेक्षणका आधारमा उक्त तथ्याङ्क भेटीएको बताएको छ ।
गाविस घरधुरी सर्बेक्षण अनुसार दक्षिणी भेगका गाविसहरु ब्रह्म्तोला गाविसमा ४१६ जना,आटिचौर गाविसमा २८१ जना,डोगडीमा २२१ जना गुदुखाती गाविसमा ४९० जना ,जयबागेस्वरी ३१० जना कोल्टी गाविसमा २३७ जना बाँधु १६९ जना जगनाथमा १६८ जना कोटिला गाविसमा १७४ जना नागरिकता लिनबाट बञ्चित हुनु परेको जिल्ला मतदाता नागरिक मञ्च बाजुराका सदस्य लक्ष्मी राज पाध्यायले जानकारी दिएका छन ।
यसमा बिशेष गरेर राजनैतिक दलहरुले चासो देखाउनु पर्नेमा वास्ता नगरेको मञ्चका सदस्य पाध्यायले बताएका छन । नागरिकता लिन बञ्चित हुनेहरुमा बृद्धबृद्धा,असाय अपाङ्घहरु बढी रहेको बताएको छ ।
जिल्लाको दुरदराजका बस्तीहरुबाट सदरमुकाम पुग्न चार देखी पाच दिन सम्म पैदल दुरी लाग्ने भएकाले यो संङ्ख्या अझै बढ्न सक्ने राप्रपा नेपाल बाजुराका जिल्ला कमिटी सदस्य कान्त बहादुर शाहीले बताएका छन ।
जिल्ला प्रशासन कार्यालय बाजुरामा दिनहुु २५ देखि ३० जनाको हाराहारी नागरिकता बनाउनेको संङ्ख्या रहेको सहायक प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले बताएका छन । नागरिकता जिल्ला प्रशासन कार्यालय मार्फत मात्र प्रदान गर्ने प्राबधान भएकाले सबै नागरिकहरु सेवा लिनबाट बञ्चित बन्नु परेको बताइएको छ ।
जिल्ला निर्बाचन कार्यालय र प्रशासनको सयुक्त आयोजनामा सिबिर संञ्चालन गरेर समेत नागरिकता प्रदान गर्ने गरेको जिल्ला प्रसासन कार्यालय बाजुराले जनाएको छ ।
२०७२ असार मसान्त सम्म ६२ हजार ५१५ जनाले नागरिकता लगी मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्बाचन कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख मानबहादुर थापाले बताएका छन ।
नागरिकता पाउनबाट बञ्चित भएकाहरुलाइ लक्षित गर्दै जिल्ला निर्बाचन कार्यालय र जिल्ला प्रसाशन कार्यालयले बाजुराले जिल्लाको पूर्वाेत्तरी भेगका गाविसमा सिबिर संञ्चालन गर्ने जिल्ला प्रशासन कार्यालय बाजुरा सहायक प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले बताएका छन ।












प्रतिक्रिया