१८ कार्तिक २०८३, बुधबार

कानको जाली फुटाउने ऐश्वर्यका शिक्षकको बचाउ, उल्टै विद्यार्थीलाई कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aishwary-bidhya-niketanधनगढी, २५ जेठ । आफूलाई सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्थाका रुपमा ‘हावा फिजाउने’ धनगढीस्थित ऐश्वर्य विद्या निकेतनभित्र हुने कर्तुत बाहिर आएको छ ।

विद्यालयमा अध्यापन गराउने एक शिक्षकले कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई कुटेर कानको जाली फुटाली दिएका छन् ।

ऐश्वर्यमा अध्यापन गराउँदै आएका शिक्षक चक्र जोशीले कक्षा ९ मा अध्ययनरत माधव केसीलाई बेस्सरी कुटेर कानको जाली फुटाली दिएको विद्यार्थीका अभिभावक चक्र केसीले गुनासो पोेखे ।

आइतबार कक्षामा अध्यापन गर्न गएका जोशी थरका शिक्षकले गृहकार्य नगरेको भन्दै बेस्सरी भकुरेपछि रिस थाम्न नसकेर विद्यार्थीले शिक्षकमाथि हातपात गर्न खोजेको समकक्षी विद्यार्थीले बताएका छन् । एक विद्यार्थीका अनुसार शिक्षक जोशीले केसीलाई होमर्क नगरेको भन्दै बेस्सरी कक्षा कोठामा भकुर्दै कक्षा कोठा बाहिरसम्म ल्यायो बाहिरबाट भकुर्दै कक्षा कोठाभित्र लग्यो । पछि रिस थाम्न नसकेर उनले शिक्षको घाटी मात्र समात्न खोजेको बताइएको छ ।

होमवर्क नगरेको आरोपमा विद्यार्थीलाई भकुर्ने शिक्षकलाई कारबाही गर्नुको साटो उल्टै पीडित विद्यार्थीलाई अनुशासनहिन भनेर आरोप लगाउँदै विद्यालयबाट निष्काशन गर्ने धम्की विद्यालय व्यवस्थापन समितिले दिएको छ ।

सो विद्यालयका प्रधानाध्यापक धर्मदेब भट्टले भने– ‘बिद्यार्थी केसीले शिक्षकमाथि जाइलागेकोले उनलाई विद्यालयमा राख्न सकिदैन् ।’