९ कार्तिक २०८३, सोमबार

एकै व्यक्तिले टिपाए तीन हजार गुनासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Phoneकाठमाडौं, २४ जेठ । सडकमा खाल्डाखुल्डी परेको होस् कि बिजुलीका तार लत्रेको, प्रहरीले घूस खाएको होस् वा सरकारी कार्यालयको सम्पति दुरुपयोग भएको ।

प्रनीस थापा यस्ता कुरा देखेको नदेख्यै गर्न सक्दैनन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

फोटो वा भिडियो खिचेर हेलो सरकारमा खबर नगरी उनलाई चित्तै बुझ्दैन । तपाईलाई पत्यार नलाग्न सक्छ चितवन रत्ननगर २, टाँडीका १७ वर्षीय प्रनिसले ५ वर्षमा तीन हजारभन्दा बढी गुनासा हेलो सरकारमा पठाइसकेका छन् ।

हेलो सरकार सुरु हुँदा प्रनिस १२ वर्षका थिए । गुनासो र उजुरी गर्न उनले त्यसैबेलादेखि थालेका हुन् ।

अखबारमा छापिएका समाचारका कटिङ वा टीभीमा आउने समाचारका क्लिपसमेत उनी पठाउँछन् । कतै त आफै सेवाग्राही बनेर पुग्ने अनि अनियमितता वा नियम उल्लघंन देखेमा भिडियो चिखेर पठाउाने पनि गरेको छन् ।

हेलो सरकारमा उनले अहिलेसम्म करिब २ हजार ५ सय उजुरी टेलिफोनबाट छिटपाएका छन् भने ५ सय जति इमेलबाट पठाएका छन् । पछिल्लो ३ महिनामा उने ५ सय उजुरी टेलिफोनबाट टिपाएका छन् ।