९ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने प्रचण्डपुत्र प्रकाशलाई खतरा!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakash-dahalकाठमाडौं, २३ जेठ । सर्वाधिक बलियो सुरक्षा घेराभित्र रहने शीर्ष नेपाली नेता हुन् प्रचण्ड । तर त्यति मजबुत सुरक्षा घेराभित्र रहँदासमेत उनका पुत्र प्रकाशले चाहिँ आफूलाई सुरक्षित महसुस गर्न सकेका रहेनछन् ।

त्यसको पुष्टि गर्छ, ६ महिना अघि प्रकाशले जिल्ला प्रशासन कार्यालयमा निजी सुरक्षा कालागि हातहतियार आयात गरी राख्न पाउनका लागि दिएको आवेदनले ।

गृहमन्त्रालय स्रोतका अनुसार शक्तिबहादुर बस्नेत गृहमन्त्री भएको दुई महिनापछि प्रकाशले हतियारका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आवेदन दिएका थिए । तर पटक पटक प्रयास गर्दा पनि हतियार राख्ने उनको चाहना पूरा भएको छैन ।

भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ भनेका प्रकाशले सुरक्षा थ्रेट भएको कारण देखाउँदै दुईवटा बन्दुकको इजाजत लिन चाहेका खुलासा भएको छ । नेपाल साप्ताहिकमा समाचार छ ।