२९ आश्विन २०८३, बिहिबार

यस्तो छ श्रीकृष्णको मृत्युको कारण, रोग लुकाइएको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shree-krishna-shrestha-sweta

काठमाडौं, २५ साउन । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन निमोनियाको कारण मात्रै नभएको खुलासा भएको छ ।

‘वोन क्यान्सर’ का कारण श्रीकृष्णको ज्यान गएको श्रीकृष्ण निकटका निर्देशक आकाश अधिकारीले जानकारी दिए । उनका अनुसार, सुरुमा श्रीकृष्णलाई सुख्खा खोकी देखिएको थियो ।

त्यसपछि ‘डिप निमोनिया’ देखिएका श्रीकृष्णलाई थप परीक्षणका क्रममा एक साता अघि मात्रै ‘वोन क्यान्सर’ भएको पत्ता लागेको थियो । तर, परिवारमा तनाव हुने भन्दै श्रीकृष्णले नै यो खबर खबरलाई गोप्य राख्न स्वेता र सँगै रहेका दाजुलाई आग्रह गरेका थिए ।

यसो त श्रीकृष्ण लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए । उनलाई केही वर्षदेखि सुगर पनि देखिएको थियो । विभिन्न रोगबाट गाँजिएका श्रीकृष्णलाई अन्तिममा वोन क्यान्सरुले नै लग्यो । शरीरको अन्य जोर्नीमा क्यान्सर नफैलियोस् भनेर केही दिनदेखि श्रीकृष्णलाई ‘किमो’ थेरापी दिइएको थियो । तर, किमो थेरापीले काम गरेन । नेपाली सिनेनगरिलाई निकै राम्रो र सफल चलचित्र दिइसकेका नायक श्रीकृष्णलाई भगवानले टपक्कै टिपेर लगी दिए । श्रीकृष्णको बेडमा अडेस लगाएर बसेकी आफ्नी धर्मपत्नीले समेत पत्तो पाइनन् भगवनको लिला । बिहान करिब ४ बजेतिर ‘श्री उठ्नु न’ भन्दा केहिबेरसम्म श्रीकृष्ण नबोले पछि त्यहीँ श्रीकृष्णकै सिनानीमा मुर्छा परिन, श्रीकृष्णका धर्मपत्नी एवं नायिका स्वेता खड्का ।

‘विवाहपछि हनिमुनका लागि भारतको सिम्ला जानु भएको थियो । त्यहीँ विरामी पर्नु भएछ । पहिलेदेखि निमोनिया विरामी हो । लामो खोकी लागिरहन्थ्यो । कोहिनुर फिल्मको सुटिङका बेला कहिले काँही खोकीका कारण सुटिङ नै रोक्नु पर्ने हुन्थ्यो । के भएको हो सोध्दा भन्नुहुन्थ्यो ‘दाइ ठूलो समस्या होइन, मलाई इन्फेक्सन भएको छ भन्नुहुन्थ्यो ।’ आकाश सम्झन्छन्, ‘तर, आज उहाँ आजबाट बिदा हुनुभयो ।’

धर्ती, आफ्नो मान्छे, आफन्त, पाहुना, बरपिपल, गोर्खाली, माइती, अजम्वरी नाता, हाम्रो माया जुनीजुनीलार्इ, गुरुचेला, गरिब, नाता, नाता रगतको, भरोसा, राम बलराम,श्रीमान् श्रीमती, सुखः दुख, मानिस, उपहार, एकफेर हाँसी देऊ न, कहाँ भेटिएला र प्रर्दशनरत चलचित्र कोहिनुरसम्म आइपुग्दा श्रीकृष्णले एकसय भन्दा बढी सिनेमामा नायकको रुपमा अभिनय गरिसकेका छन् । यी मध्ये अधिकांश फिल्ममा श्रीकृष्णले दर्शक रुवाउने गरी फिल्ममा अभिनय गरेका थिए ।

फिल्म ‘कहाँ भेटिएला’ र फिल्म ‘कोहिनूर’ मा जोडी बनाएका अभिनेत्री श्वेता खड्कासँग यही असारमा श्रीकृष्णको बिहे सम्पन्न भएको थियो । ३० बर्ष पूरा भएकी स्वेता नायिका मात्र होइन, व्यापारमा पनि सफल महिला हुन् ।

तर, विवाह भएको एक महिना वित्न नपाउदै अब स्वेताको सिउँदोको सिन्दुर पछिने छ, हातका चुरा फुटाइने छ र यो समाजले भन्ने छ अब स्वेतालाई विधुवा । दुई बर्ष सम्म बच्चा नजन्माउने मनसायमा रहेका उनीहरु भगवानले नै ती कुरा पुरा हुनबाट उनीहरुलाई बञ्चीत गराइदिए ।

यो पनि पढ्नुहोस्:
श्रीकृष्णको शवयात्रामा मानवसागर, राजधानी स्तब्ध, सबैलाई रुवाए श्रीकृष्णले (फोटोफिचरसहित)
‘म मरे नेपाल नलैजानू’ भनेका थिए श्रीकृष्णले
यस्तो थियो नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम सन्देश (भावुक अडियो सन्देशसहित)