२९ आश्विन २०८३, बिहिबार

यस्तो थियो नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम सन्देश (भावुक अडियो सन्देशसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shree-krishna-shrestha-death.1jpg

काठमाडौं, २५ साउन । अभिनेता श्रीकृष्ण श्रेष्ठको अल्पायुमै निधन भएको छ ।

गत असार २७ गते हिरोइन श्रीमती श्वेता खड्काका साथ उनी उपचारका लागि दिल्ली पुगेका थिए । हनिमुनका लागि भारतको सिम्लातर्फ लागेका उनी एक्कासी बिरामी भएपछि दिल्ली पुगेका थिए ।

२०४५ सालमा ‘भूमरी’ फिल्मबाट अभिनय यात्रा थालेका उनी २०४९ फिल्म ‘नाता’बाट अभिनेतामा डेब्यू गरेका थिए । दर्जनौं हिट फिल्मका अभिनेता श्रीकृष्णको गत शुक्रवार मात्रै नयाँ फिल्म ‘कोहिनूर’ रिलिज भएको थियो ।

दिल्लीमा उपचार गराइरहेका अभिनेता श्रेष्ठले केही दिन अघि आफ्ना दर्शकहरूलाई भावुक सन्देश पठाएका थिए । तीन मिनेट लामो सन्देशमा श्रीकृष्ण निकै गाह्रो गरी बोलिरहेका थिए। स्वास्थ्यमा पूर्ण सुधार नआएसम्म नेपाल नफर्कने भएपछि उनको ड्रिम प्रोजेक्टको रूपमा हेरिएको ‘कोहिनूर’ श्रीकृष्ण र स्वेताबिनै रिलिज भएको थियो।

विशेषत: दर्शकको मायानै आफ्नो लागि औषधी भएको उनको सन्देश सुनेर निर्देशक आकाश अधिकारी पत्रकार सम्मेलनमै भक्कानिएका थिए । आफू नभएपनि यो सिनेमालाई आफ्नो सम्झेर माया गरिदिन आग्रह गरेका श्रीकृष्ण अब कहिल्यै नफर्कने गरी यो संसारबाट बिदा भएका छन् ।

सुनौ उनको भावुक सन्देशः

https://www.youtube.com/watch?v=b0AwkNpWQlA

यो पनि पढ्नुहोस्:

यस्तो छ श्रीकृष्णको मृत्युको कारण, रोग लुकाइएको खुलासा
‘म मरे नेपाल नलैजानू’ भनेका थिए श्रीकृष्णले