९ कार्तिक २०८३, सोमबार

शेरबहादुर र खुमबहादुरबीच कहाँ कुरा विग्रियो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-khumकाठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेता खुमबहादुर खड्का चिढिएका छन् ।

गत फागुनमा सम्पन्न १३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउन महत्वपूर्ण भूमिका खेलेका खड्का धोका दिएको भन्दै देउवासँग चिढिएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।

खड्काले देउवाबाट धोका भएको बताएलगत्तै महाधिवेशन अघि भएको भद्र सहमति कार्यान्वयन गर्न ढिलो भएको भन्दै खड्का निकट नेताहरु असन्तुष्ट भएका छन् ।

कांग्रेसको महाधिवेशनअघि नै देउवा सभापतिमा विजयी भए खड्कालाई उपसभापतिमा मनोनयान गर्ने पस्ट सहमति भएको उनीहरुको भनाइ छ ।

तर, देउवानिकट नेताहरु भने महाधिवेशनपछि खड्कालाई उपसभापति बनाउन परिस्थिति त्यति सहज र अनुकुल नभएको बताउँछन् ।

त्यसैले खड्कालाई उपसभापतिमा मनोनयन गर्ने सम्भावना कम हुँदै गएको देउवा निकट नेताहरुको भनाइ छ ।

देउवा निकट नेताहरु परिस्थितिले पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई उपसभापति मनोनयन गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको बताउन थालेका छन् ।