काठमाडौँ, २३ साउन । आर्थिक विषयलाई मात्रै आधार बनाएर संंघियतामा जान नहुने त्यस क्षेत्रका विज्ञहरुले सुझाव दिएका छन् ।
नेपाल उद्योग परिसंघले विहिबार राजधानीमा गरेको संघीय आर्थिक संरचना विषयक राष्ट्रिय गोष्ठिमा सहभागि विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक विषयलाई मात्रै आधार बनाएर संंघियतामा जान नहुने दाबी गनुृभयो । संघीयताको विषय राजनीतिक सहित आर्थिक पनि रहेको भन्दै उहाँले मुलुकको छिटो विकासको लागि संघियतामा नै जानुको अर्को विकल्प नरहेको बताउनु भयो ।
पुर्व अर्थमन्त्रीद्धय भरतमोहन अधिकारी र शंकर कोइरालाले भने सामथ्र्यको आधारमा संघीतामा जानुपर्नेमा जोड दिनुभयो । आर्थिक मोडल बनाउँदा लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा उहाँहरुको जोड थियो ।
परिसंघले मुलुकलाई संघियतामा लैजाँदा लगानी आकर्षणका लागि भरपर्दो संरचना, कच्चा पदार्थ, उत्पादित वस्तु र चल सम्पत्तिको स्वतन्त्र एवं निर्वाध आवागमन, निजी सम्पत्ति, व्यवसाय र नाफा आर्जनको अखण्डित अधिकार, आर्थिक प्रशासन, राजस्व र राज्यका सुविधा एवं आर्थिक विषयका प्रादेशिक विवाद र समाधानको संस्थतागत संरचना हुनुपर्नेमा जोड दिएको छ ।














प्रतिक्रिया