काठमाडौं, २३ साउन । जेन पब्लिकका प्रज्ज्वल विक र सेलिब्रेसनका प्रवीण मगरले दोश्रो काठमाडौं जिल्लास्तरीय अन्तरविद्यालय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको प्रतियोगिताको पुरुष २८ केजीमुनि प्रज्ज्वलले नेसनलका कविन्द्र खड्का तथा ४८ केजीमुनि प्रवीणले राइजिङ स्टारका अजित पुन मगरलाई फाइनलमा पराजित गरे ।
महिला २३ केजीमुनि कौशल स्कुलकी निशानी जोशीले भीएस निकेतनकी सुब्बा श्रेष्ठलाई हराउदै पहिलो स्थान हात पारिन् ।
काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष २६ केजीमुनि राइजिङ स्टारका विधान श्रेष्ठले कौशल स्कुलका अनमोल अधिकारी, महिला ३० केजीमुनि राइजिङ स्टारकी सन्जिला तिम्सिनाले विजेश्वरीकी योगमाया श्रेष्ठ, महिला ५३ केजीमुनि जनज्योतिकी विमला लामाले द सिटी स्कुलकी लक्ष्मी श्रेष्ठ, महिला ४९ केजीमुनि विश्व निकेतनकी रेजिना ठकुरीले न्यु स्राइनकी संगीता पुलामी तथा पुरुष २० केजीमुनि राइजिङ स्टारका सचिन चाम्लिङले जनज्योतिका कमल सुनवारलाई पाखा लगाउदै स्वर्ण हात पारे ।
तीनदिने प्रतियोगिताको नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले एक कार्यक्रमबीच उद्घाटन गरे ।













प्रतिक्रिया