२९ आश्विन २०८३, बिहिबार

प्रचण्डको कारबाहीले रौं पनि हल्लिन: बाबुराम पक्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Baburam

काठमाडौँ, २० साउन । एमाओवादी स्थायी समितिको सोमबार साँझ बसेको बैठकले गरेको कारबाहीलाई बाबुराम भट्टराई पक्षले ‘निरर्थक’भनेको छ ।

बाबुराम पक्षले पार्टीभित्र आफ्नो वैचारिक अभियान जारी राख्ने भन्दै‘यस्तो कारवाहीले रौं पनि नहल्लिने प्रतिक्रिया दिएको छ । पार्टी अध्यक्ष प्रचण्ड पक्षले आफैं कमिटीमा राखेको र आफैं निकाले भन्दै त्यस्ता पाराले पार्टी नचल्ने सममेत ठोकुवा गरेको  छ ।

एमाओवादी स्याथी समितिको बैठकले समानान्तर कमिटी बनाएको भन्दै केन्द्रीय सदसय रामरिझन यादव र गंगानारायण श्रेष्ठलाई क्रमशः एक महिना र तीन महिना निलम्बनको कारवाही गरेपछि एमाओवादीको आन्तरिक विवाद चुलिएको छ ।

तीनवटा बैठकमा अनुपस्थित भएमा कमिटीबाट स्वतः हट्ने विधानमा प्रावधान रहेको भन्दै स्थायी कमिटी बैठकले डा. भट्टराईलाई बैठकमा आउन सचेत गराएको छ ।
त्यसैगरी बैठकमा नआए सचिव टोपबहादुर रायमाझी र स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल पनि पदबाट हट्ने बताइएको छ ।

‘बिराटनगर सम्मेलनबाटै हामी हिँडिसकेका हौं, हामीले भनेर कमिटीमा राखिएको हैन, त्यसैले राख्नु र हटाउनुको कुनै औचित्य छैन’, भट्टराई पक्षका एक नेताले भने ।