२८ आश्विन २०८३, बुधबार

गौतमको गुल्मी चिनाउने गीति एल्वम बजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

0000

अनिल खत्री
गुल्मी, साउन २० । गुल्मी जिल्लाको ऐतिहासिक, धार्मिक, प्रकृतिक तथा पर्यटकीय महत्व बोकेको एक गीतको बिमोचन भएको छ ।

गुल्मी जिल्लाको बलेटक्सारमा जन्मिनु भएका नारद गौतमले रचना गर्नुभएको पर्यटकीय महत्व बोकेको गीत एक कार्यक्रमको आयोजना सोमवार सार्वजनिक गरिएको हो ।

उक्त गीतमा गुल्मी जिल्लाको बिभिन्न स्थनमा रहेका ऐतिहासिक धार्मिक, प्राकृतिक तथा पर्यटकीय स्थानको परिचय गराइएको छ ।

गीतको बिमोचन प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले गर्नुभएको हो । बिमोचन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले गुल्मी जिल्लाका भिन्न
स्थानमा रहेका ऐतेहासिका पर्यटकीइ महत्व बोकेको उक्त एल्वमको प्रशंषा गर्नुभयो ।

‘यो गीतलाई गुल्मी जिल्लामा हुने बिभिन्न कार्यक्रममा राष्ट्रिय गान पछि बजाउनु पर्छ,’ उहाँले भन्नुभयो, ‘गुल्मी जिल्लाको पर्यटकीय महत्व चिनाउने भएकाले यसलाई संरक्षण पनि गर्नुपर्छ । ’

कार्यक्रमका विशेष अतिथी स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले स्थानीय स्तरमा लुकेर रहेको प्रतिभा सहित गुल्मी जिल्लालाई चिनाउने चिनारीको गीत
भएको बताउनु भयो ।

कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघकमा अध्यक्ष अखिलेश्वर पाण्डे,रेसुङ्गा बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख एवम् साहित्यकार दिन पन्थी, नेपाल पत्रकार
महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालल लगायतले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो ।

गौतमले रचना गर्नु भएको उक्त गीतमा धुर्व ज्ञवाली र अम्बिका ज्ञवालीले स्वर दिनुभएको छ ।