१७ कार्तिक २०८३, मंगलबार

ओली सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी श्लोक जस्तोः कांग्रेस नेता श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chinkaji-shrestha

काठमाडौ, २७ वैशाख । नेपाली काग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सरकारले ल्याएको नीति तथा कार्यक्रम कपोकल्पित, कर्मकाण्डी श्लोक जस्तो, अपच हुने मिठो रस जस्तो भएको भन्दै यो कार्यान्वयन हुनै नसक्ने ठोकुवा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै सरकारले नीति तथा कार्यक्रम अरु दलहरुसँग सल्लाह नै नगरी ल्याईएको गुनासो गर्दै यो कार्यान्वयनको लागि भन्दा पनि भाषण गर्नको लागि मात्रै ल्याएको आरोप लगाए ।

उनले भने, ‘नीति तथा कार्यक्रम जनतालाई झुक्याउन ल्याईएको हो । यो स्वर्गको कल्पना मात्रै हो । जनतालाई खुवाएको मिठो ललिपप हो । जनता झुक्याउन ल्याएको कार्यक्रम कार्यान्वयन हुन सक्दैन । जनता हेलिकप्टर चढ्दैन किन चाहियो एक गाविसमा एक हेलिप्याड, आवश्यक परे आफै जनताले सावेल चलाएर बनाउँछन सरकारले बनाईरहनु पर्दैन ।’

श्रेष्ठले नीति तथा कार्यक्रममा आफूहरुले संसोधन हाल्ने स्पष्ट पार्दै राम्रो सरकार बनाउनकोलागि तत्कालै बर्तमान सरकारले ठाँउ छाडेर मार्ग प्रसस्त गर्नु पर्ने बताए ।
उनले भने, ‘हामी नीति तथा कार्यक्रममा छलफल भईरहँदा निरन्तर सरकारको राजिनामा मागि रहन्छौ । अब राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्छ ।’