काठमाडौं, १९ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको दर्शनले भावविभोर भएको बताउनुभएको छ ।
सोमबार बिहान पशुपतिनाथको पूजाआजापछि आगन्तुक पुस्तिकामा लेख्दै मोदीले पशुपतिनाथको कृपा नेपाल र भारत दुवै देशमा रहोस् भन्ने कामना समेत गर्नुभएको छ ।
मोदीले लेख्नुभएको छ । बागमती तहस्थित पशुपतिनाथको यो मन्दिर आस्था र विश्वासको अद्वितीय केन्द्र हो। स्कन्द पुराणको हिमवत् खण्डमा भनिएको छ– काशी विश्वनाथ र पशुपतिनाथ एउटै रूप हुन्। साउन महिना, शुक्ल पक्षको अष्टमीको यो पावन तिथिमा यहाँ आएर मैले भावविभोर महसुस गरिरहेको छु। नेपाल र भारतलाई जोड्ने पशुपतिनाथको कृपा दुवै देशको जनमानसमा रहिरहोस्, यही मेरो कामना छ।














प्रतिक्रिया