१७ कार्तिक २०८३, मंगलबार

बागलुङमा पूर्व भारतीय सैनिकको हत्या, आफ्नैबाट यसरी मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baglung-Hatya

– कमल पौडेल
बागलुङ, २६ वैशाख । बागलुङ जिल्लाको दगातुन्डाडा गाविस वार्ड नं. ६ मा एक युवकले आफ्नै बाबुको हत्या गरेका छन् ।

शनिबार राति मदिरा सेवन गरेका ५२ वर्षीय ओमबहादुर राना थापा र २३ वर्षीय छोरा कृष्ण बहादुर रानाबीच विवाद हुँदा छोराले धारिलो हतियार फरुवा तथा चिरुवा दाउराको प्रयोग गरि बाबुको हत्या गरेका हुन् ।

हत्यापछि लडेर ज्यान गएको बहाना बनाई बिहान गाउँलेलाई खबर गरेपछि शंका लागी सोधपुछ गर्दा हत्याको रहस्य खुलेको हो । त्यसपछि स्थानीयले खबर गरेपछि खर्वाङ प्रहरी चौकीवाट प्रहरी नायब निरीक्षक खिमबहादुर खत्रीको टोली घटनास्थलमा पुगेको थियो । त्यसलगत्तै इलाका प्रहरी कार्यालय हरिचौरवाट प्रहरी निरिक्षक खड्क नारायण साहको कमाण्डमा आएको टोलीले शव उठाई शव पोष्टमार्टमको लागी हरिचौर पठाइएको थियो ।

आफ्नै बाबु मार्ने अभियुक्त कृष्णबहादुरलाई पक्राउ गरी जिल्ला चलान गरिएको खर्वाङ प्रहरीले जनाएको छ ।

पूर्व भारतीय सैनिक समेत रहेका थापाले पटक पटक मदिरा सेवन गरि परिवारका सदस्यलाई कुट्दै आएको स्थानीयले बताएका छन् ।