१७ कार्तिक २०८३, मंगलबार

ओमनको राजदूतमा पराजुली सिफारिस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Singdarbar-Foreign-Ministry-Nepal

काठमाडौं, २४ वैशाख । सरकारले ओमनका लागि नेपाली राजदूतमा शर्मिला पराजुलीलाई सिफारिस गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पराजुलीलाई राजदूतमा सिफारिस गरेको सामान्य प्रशासनमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यसअघि सरकारले राजनीतिक भागवण्डाका आधारमा २२ मध्ये २१ देशका लागि राजदूत सिफारिस गरेको थियो । भागवण्डामा परेर नाम सिफारिस नगरेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले आज नाम मन्त्रिपरिषदमा पठाएपछि पराजुलीलाई ओमनको राजदूतमा सिफारिस गरिएको हो ।