१७ कार्तिक २०८३, मंगलबार

जुवातासले लियो ईश्वरको ज्यान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dang Districtदाङ, २४ बैशाख । तास खेल्ने क्रममा विवाद भई कुटपिट हुँदा लक्ष्मीपुर–२ भैंसपुर बस्ने ६६ बर्षीय ईश्वर बहादुर दमाईको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दमाईको घरमा तास खेलिरहेको अवस्थामा विवाद हुँदा सोही ठाउँ बस्ने २३ बर्षीय चुमान वली, लक्ष्मीपुर–१ बस्ने पुष्कर बुढा र लक्ष्मीपुर–४ बस्ने डम्बर कुँवर समेतले उनलाई कुटपिट गर्दा गम्भीर घाईते भएकोले उपचारको लागी राप्ति उप–क्षत्रीय अस्पताल घोराही लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न तिनै जनालाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।