– झलक पाली
डोटी, २३ वैशाख । धनगढी डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गमा विहिबार भएको जीप दुर्घटनामा परि तीन जना घाईते भएका छन् ।
कैलालीको अत्तरीयाबाट डोटीको घण्टेश्वर गाविसतर्फ आईरहेको से १ च १२७१ नं. को जिप घण्टेश्वरको बेलपाटा भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दिउँसो करिब पौने एक बजे भएको दुर्घटनामा परि घण्टेश्वर १ बस्ने बर्ष ३० की जानकी वि.क., घण्टेश्वर १ मै बस्ने बर्ष ११ को धर्मराज पौडेल र कैलाली सहजपुर गा.वि.स. ९ बस्ने बर्ष २५ को मनिराम कडेल घाईते भएका छन् । घाईते मध्ये जानकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिप रोड देखी अन्दाजी ५० मिटिर तल खसेको र जीपमा सवार ४ जना मध्य ३ जना घाईते भएको बताईएको छ ।
तीनै जनाको टाउकोमा चोट लागेको र उनिहरुको अत्तरीयास्थित सेवा नर्सिङ् अस्पतालमा उपचार भईरहेको डोटीका प्रहरी प्रमूख प्रहरी उपरिक्षक दिल्लीराज बिष्टले जानकारी दिए ।












प्रतिक्रिया