१८ कार्तिक २०८३, बुधबार

ललितपुरको मिनीमार्केटमा अधवैशे महिलाको शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Death-bodyकाठमाडौं, २० बैशाख । ललितपुरमा एक अधवैशे महिलाको वेवारिशे शव फेला परेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर उपमहानगरपालिका–१७ ग्वार्को स्थित मिनीमार्केट भित्रको खाली जग्गामा आइतबार नाम, थर, वतन नखुलेकी करीब ४० वर्षीया महिला मृत अवस्थामा फेला परेकी हुन् ।

उनी को हुन् र कसरी मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

यसैगरी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१४ तल्लो भंगाल डेरा गरी बस्ने मोरङ शनिश्चरे–८ घर भएका २८ वर्षीय खगेन्द्र दनुवार डेरा कोठाको भुईमा सुतिरहेको अवस्थामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।