२९ आश्विन २०८३, बिहिबार

जीतवहादुरको परिवारसँग पुनर्मिलन गराउन पाउँदा खुसी छुः नरेन्द्र मोदी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jet-bahadur-with-Falily

काठमाडौं, १८ साउन । नेपाल भ्रमणमा आउने वित्तिक्कै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो काम आफ्ना धर्मपुत्र जीतवहादुर सारु मगरलाई परिवारसँग पुनर्मिलन गराउनुभएको छ ।

इन्डियन एयरफोर्सको विशेष विमानमा जीतवहादुरलाई सँगै लिएर नेपाल भ्रमणमा आउनु भएका नरेन्द्र मोदीले होटल हायातमा पुग्ने वित्तिक्कै जीजबहादुर मगरका परिवारसँग सामुहिक तस्विर खिचाएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता सइद अकबरुद्दिनले बताउनुभयो ।

जीतबहादुर मगरलाई मोदीले धर्मपुत्रका रुपमा राख्दै आउनु भएको छ । नेपाली युवक जीतबहादुरलाई मोदीले उहाँका परिवारसँग पुनर्मिलन गराइदिएको क्षण नेपालीका लागि पनि गौरवको क्षण बनेको छ ।

दश वर्षकै कलिलो उमेरमा भविष्य खोज्दै नवलपरासीको आफ्नो घर छाडेर हिँडेका जीतवहादुर अहिले भारतीय प्रधानमन्त्रीका धर्मपुत्र बन्नु आफैमा गौरवको कुरा हो ।

मोदी परिवारको सदस्यका रुपमा पालनपोषण र रेखदेखमा हुर्किएर त्यही परिवारबाट उच्च शिक्षा समेत लिनु भएको जीतवहादुरलाई मोदीले नेपाल आउनु अघिल्लो दिन जीतवहादुरसँग पुनर्मिलन गराउने घोषणा गर्नुभएको थियो ।

modi_jeet-bahadur

जितवहादुरलाई भेट्न उहाँका आमा र परिवारका अन्य सदस्य काठमाडौं आएका थिए । मोदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बौद्धस्थित हायात रिजेन्सी होटलमा पुग्दा जीतवहादुरका परिवार त्यहा आइसकेका थिए । मोदीले पनि जीतवहादुरलाई परिवारको जिम्मा लगाए लगत्तै ट्वीट गरेर जीतवहादुरको परिवारसँग पुनर्मिलन गराउन पाउँदा खुसी लागेको बताउनु भएको छ ।

मोदीको परिवारमा हुर्केका कावासोतीका २६ वर्षीय जितबहादुर सारुमगरको १६ वर्षदेखि मोदीको घरमा बस्दै मोदीकै रेखदेखमा शिक्षादिक्षा भइरहेको छ ।

मोदीले उनको परिवारलाई पनि भेट्ने इच्छा देखाएपछि भारतीय दुतावासका कर्मचारीले जितबहादुरको परिवारलाई राजधानी ल्याएका हुन् । उनीहरुको राजधानीमै आउने र बस्ने ब्यवस्था भारतीय दुतावासले मिलाएको छ।

जितवहादुरको परिवार कावासोती नगरपालिका १ को लोकाहास्थित सुकुम्बासी बस्तीमा बस्छ । उनका दाजु सिकर्मी काम गर्छन् भने भरमा सामान्य किराना पसल छ । बर्षौपछि आफ्नो परिवार भेटाएका जितबहादुरलाई मोदीले सँगै लिएर फर्कने बताइएको छ ।

यो पनि पढ्नुहोस:

यसरी मोदीको धर्मपुत्र बने जितबहादुर, मोदीसँगै जालान कि सुकुम्बासी बस्तीमै रमाउलान् ?